काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दूषित तथा गुणस्तरहीन खाना बिक्री गर्ने होटल–रेष्टुरेन्टमाथि कडा कानुनी कारबाही गर्न निर्देशन दिएका छन्। त्यसअनुसार गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीलाई बजार अनुगमन प्रभावकारी बनाउन, उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न तथा कानुन उल्लङ्घन गर्ने व्यवसायीमाथि कडा कारबाही गर्न परिपत्र गरेको छ।
मन्त्रालयले प्रत्येक जिल्ला प्रशासन कार्यालयमा हटलाइन वा द्रुत सेवा डेस्क स्थापना गरी नागरिकका गुनासोलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिएको छ। साथै स्थानीय स्तरमै समस्या समाधान, प्रभावकारी सेवा प्रवाह, प्रशासनिक जवाफदेहिता र विधिको शासन सुनिश्चित गर्न निर्देशनको पूर्ण कार्यान्वयन गर्न आग्रह गरिएको
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार













प्रतिक्रिया