काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि रूसी महासङ्घका नवनियुक्त राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले मंगलबार शिष्टाचार भेट गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–रूस सम्बन्धलाई थप सुदृढ बनाउने विषय, दुई देशबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका कार्यक्रम तथा रूसी सेनामा रहेका नेपाली नागरिकसँग सम्बन्धित विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार













प्रतिक्रिया