काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको पहिलो बैठक बुधबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ।
चितवनमा सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएलगत्तै पहिलो केन्द्रीय समिति बैठक बसेको हो।
पार्टी सभापति रवि लामिछानेले निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
बैठकमा प्रस्तुत हुने कार्यसूचीबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। रास्वपाको विधानअनुसार पार्टीको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ। तीमध्ये महाधिवेशनबाट निर्वाचित सदस्यबाहेक बाँकी ५१ जना सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।
नयाँ नेतृत्व चयनपछि बसेको पहिलो बैठकले पार्टीको भावी कार्यदिशा, संगठन विस्तार तथा मनोनयन प्रक्रियालगायत विषयमा महत्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार











प्रतिक्रिया