काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरेको छ।

प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिको पहिलो बैठकले लेखनाथ पौडेललाई  अनुशासन आयोगको नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो।

पार्टीका सह–महामन्त्री हरि ढकालका अनुसार कास्की निवासी पौडेल उच्च अदालतका पूर्वन्यायाधीश हुन्। न्यायिक क्षेत्रमा लामो अनुभव हासिल गरेका उनले सैनिक विशेष अदालतको अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

रास्वपाले पार्टीको आन्तरिक अनुशासन, संगठनात्मक मर्यादा र संस्थागत सुशासनलाई प्रभावकारी बनाउन अनुभवी व्यक्तिलाई अनुशासन आयोगको नेतृत्वमा ल्याइएको जनाएको छ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com