काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव नेपालले तत्काल कम्युनिष्ट दलहरूबीच एकता सम्भव नरहेको बताएका छन्।

पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अहिले कम्युनिष्ट एकताको अपेक्षा नगरी पहिले आफ्नै सङ्गठनलाई बलियो बनाउन कार्यकर्तालाई आग्रह गरे।

उनले केपी शर्मा ओलीको भनाइ उल्लेख गर्दै वर्तमान अवस्थामा कम्युनिष्ट एकता सहज नभएको बताए।

माधव नेपालले पार्टीभित्र लोकतान्त्रिक अभ्यास, परामर्श र कार्यकर्ताको रुचिअनुसार जिम्मेवारी बाँडफाँट गर्नुपर्नेमा जोड दिए।

गण्डकी प्रदेश कमिटीको आकार ठूलो भएको उल्लेख गर्दै उनले सङ्गठनलाई चुस्त, प्रभावकारी र परिणाममुखी बनाउन सुझाव दिए।

उनले मार्क्सवादी–लेनिनवादी विचारप्रति निष्ठा कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै केन्द्रदेखि जिल्ला तहसम्म नियमित वैचारिक प्रशिक्षण आवश्यक रहेको बताए।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com