काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि १८० रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com