काठमाडौं । नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। उच्च अदालत जनकपुरले कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैद सजाय ठहर गरेपछि बिहीबार महोत्तरीबाट उनलाई नियन्त्रणमा लिइएको हो।

कोइरीमाथि २०७२ भदौ २५ गते ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकको हत्या गरेको आरोप छ। उच्च अदालतको आदेश कार्यान्वयनका लागि पक्राउ गरिएका उनलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com