काठमाडौं । राष्ट्रियसभा बैठकको प्रत्यक्ष प्रसारणका क्रममा अडियो प्रणालीमा प्राविधिक समस्या देखिएपछि बैठक २० मिनेटका लागि स्थगित गरिएको छ।

प्रत्यक्ष प्रसारणमा भिडियो देखिए पनि अडियो नसुनिएपछि सभाको कार्यवाही प्रभावित भएको थियो। त्यसपछि प्राविधिक समस्या समाधानका लागि बैठक केही समयका लागि स्थगन गरिएको हो।

आजको राष्ट्रियसभा बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने कार्यक्रम तय गरिएको छ। प्राविधिक समस्या समाधानपछि बैठक पुनः सञ्चालन गरिने संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com