काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा दुर्घटना भएको छ।
शुक्रबार अपराह्न सुपप्र ०१–००१ ख ३९६३ नम्बरको बस बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखान क्षेत्रमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीका अनुसार बस सडकबाट करिब २०० मिटर तल खसेको छ। दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा परिचालन भई उद्धार तथा थप विवरण सङ्कलनको काम गरिरहेको छ।
दुर्घटनामा मानवीय क्षति तथा घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार













प्रतिक्रिया