काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुकुम्वासीहरूलाई घरबारविहीन बनाइने अवस्था नआउने बताएका छन्।
सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले काठमाडौंका सुकुम्वासी व्यवस्थापनमा केही कमजोरी भएको स्वीकार गर्दै यसलाई अझ व्यवस्थित, सहज र प्रभावकारी बनाउन सकिने बताए।
उनले सुकुम्वासीहरूको प्रमाणीकरण प्रक्रिया लगभग सकिएको उल्लेख गर्दै वास्तविक सुकुम्वासीले जग्गा प्राप्त गरेपछि वर्षौँदेखिको पीडा कम हुने विश्वास व्यक्त गरे।
केही समय थप कठिनाइ भए पनि अन्ततः सुकुम्वासीहरूले सकारात्मक परिणाम प्राप्त गर्ने उनको भनाइ छ।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार













प्रतिक्रिया