काठमाडौं । प्रहरीले करिब १ करोड ४८ लाख ७६ हजार रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ निवासी २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर ठगीबाट प्राप्त रकमलाई क्रिप्टोकरेन्सीमा रूपान्तरण गरी कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरी टोलीले बिहीबार दिउँसो काठमाडौंको माइतीघरबाट उनलाई नियन्त्रणमा लिएको हो। काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। अनुसन्धानका क्रममा प्रजापतिसँग सम्बन्धित विभिन्न क्रिप्टो खातामा ११ लाख ४१ हजार ९८३ रुपैयाँ मौज्दात रहेको समेत फेला परेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार













प्रतिक्रिया