काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मोरङका मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद् बैठकले कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

त्यसै बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा काठमाडौंका डा. राजीव सुब्बा तथा असार २३ गतेदेखि रिक्त हुने अर्को निर्वाचन आयुक्त पदका लागि ओखलढुङ्गाका गुरुप्रसाद वाग्लेको नाम पनि सिफारिस गरेको छ। परिषद्का सदस्य तथा प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारीले उक्त निर्णयबारे जानकारी दिँदै संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था रहेको बताइन्।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com