काठमाडौ । गृहमन्त्री सुधन गुरुङ पूर्वसूचना नदिई कोशी प्रदेशका सीमा क्षेत्रको आकस्मिक अनुगमनमा निस्किएका छन्। सीमा नाकाबाट हुने चोरी–तस्करी र राजस्व चुहावटबारे बढ्दो जनगुनासोपछि उनी शुक्रबार साँझ सुनसरी र मोरङ क्षेत्रको वस्तुस्थिति बुझ्न पुगेका हुन्।
सुरक्षा स्रोतका अनुसार गृहमन्त्री हाल सुनसरी क्षेत्रको निरीक्षणमा रहेका छन् भने त्यसपछि मोरङका विभिन्न सीमा नाकाको अनुगमन गर्ने तयारी छ। उनको अप्रत्याशित भ्रमणपछि मोरङका सुरक्षा निकाय र प्रशासन ‘हाइ अलर्ट’मा रहेका छन्। प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले गृहमन्त्री प्रदेशमा आएको पुष्टि गरे पनि उनी कुन स्थानमा छन् भन्नेबारे औपचारिक जानकारी नभएको बताएका छन्।
यसअघि पनि गृहमन्त्री गुरुङले मधेस प्रदेशको पर्सा र बारा जिल्लाका सीमा नाकामा आकस्मिक अनुगमन गर्दै स्थानीयसँग चोरी–तस्करी र सीमा सुरक्षाबारे प्रत्यक्ष जानकारी लिएका थिए।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार













प्रतिक्रिया