काठमाडौँ । प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगमा नियुक्ति प्रक्रिया अघि बढाउँदा प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्का सदस्यहरूसँग पर्याप्त छलफल नगरेको भन्दै असन्तुष्टि जनाएका छन्। उनले यस्तो विषयमा पूर्वपरामर्श आवश्यक रहेको बताए।
प्रधानमन्त्रीले संवादको प्रयास गरेको दाबी गरे पनि आङ्देम्बेले प्रधानमन्त्रीसँग औपचारिक चिनजानसमेत नभएको टिप्पणी गर्दै परिषद्भित्र संवाद र सहकार्यको संस्कृति बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार













प्रतिक्रिया