काठमाडौं। गृहमन्त्री सुधन गुरुङ नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा अवस्थाको स्थलगत अनुगमन गर्न शनिबार विराटनगर पुगेका छन्।

बुद्ध एयरको विमानमार्फत विराटनगर पुगेका गृहमन्त्री गुरुङले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधार सरकारको प्राथमिकतामा रहेको बताए। बजेटको सीमितताका कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै उनले स्रोत व्यवस्थापन गरी आवश्यक पूर्वाधार निर्माणलाई तीव्रता दिइने बताए।

उनले प्रभावकारी सुरक्षा व्यवस्थाका लागि प्रहरी सङ्गठनको भौतिक संरचना सुदृढ हुनु आवश्यक रहेको उल्लेख गर्दै देशका विभिन्न जिल्लामा रहेका जीर्ण प्रहरी भवनको पुनर्निर्माण र स्तरोन्नतिका लागि सरकारले योजना अघि बढाइरहेको जानकारी दिए।

विराटनगरबाट गृहमन्त्री गुरुङले नेपाल–भारत सीमावर्ती क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले सीमाक्षेत्रमा रहेका केही अपाङ्गता भएका व्यक्तिसँग समेत भेटघाट गरेका छन्।

सुरक्षा स्रोतका अनुसार भ्रमणका क्रममा उनले मोरङको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था, प्रहरी परिचालन, भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा आवश्यक सुधारका विषयमा सम्बन्धित सुरक्षा निकायसँग जानकारी लिनेछन्।

गृहमन्त्रीको भ्रमण मोरङमा मात्र सीमित नरही सुनसरीमा आकस्मिक अनुगमन तथा धनकुटामा समेत सुरक्षा अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २० असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com