काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पुनर्बहाली गर्नुपर्ने मागसहित दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ।
कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसअघि उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।
अब न्यायाधीशद्वय फुयाल र पाण्डेयको संयुक्त इजलासमा परेको उक्त मुद्दामाथि हुने सुनुवाइलाई चासोका साथ हेरिएको छ।
प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार













प्रतिक्रिया