काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययन बिदामा गएर तोकिएको समयभित्र सेवामा नफर्कने ४०० प्राध्यापकविरुद्ध कारबाही गरेको जनाएको छ।
सरकारले सार्वजनिक गरेको १०० दिने उपलब्धि प्रतिवेदनअनुसार, अध्ययन बिदाको दुरुपयोग गर्ने ती प्राध्यापकहरूबाट कारबाहीस्वरूप १३ करोड २६ लाख रुपैयाँ राजस्व फिर्ता गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अध्ययन बिदा लिएर पनि समयमा जिम्मेवारीमा नफर्कने प्रवृत्तिलाई निरुत्साहित गर्न यो कदम चालिएको हो। यसबाट जिम्मेवार पदमा रहेका व्यक्तिहरूको गैरजिम्मेवारी नियन्त्रण हुनुका साथै राज्यकोषमा उल्लेख्य रकम फिर्ता ल्याउन सफल भएको सरकारको दाबी छ।
सरकारले सार्वजनिक खर्चमा मितव्ययिता र जवाफदेहितालाई प्रवर्द्धन गर्ने नीतिअनुसार उक्त कारबाही गरिएको उल्लेख गरेको छ।

प्रकाशित मिति: २० असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com