काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी तथा लुम्बिनीका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रकाशित मिति: २१ असार २०८३, आइतबार











प्रतिक्रिया