काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिका–३ अजमरपट्टीबाट सशस्त्र प्रहरीले ट्रकमा फल्स बटम बनाएर लुकाइछिपाइ राखिएको गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–१ का २३ वर्षीय साधुराम थिङ र सोही गाउँपालिका–६ का २१ वर्षीय विपस नेगी रहेका छन्। उनीहरू क्रमशः ट्रकका मालिक र चालक हुन्।

विशेष सूचनाका आधारमा बोर्डर आउट पोस्ट बथनाहाबाट खटिएको सशस्त्र प्रहरी टोलीले ना ३ ख ६५९२ नम्बरको ट्रक रोक्न खोज्दा चालकले नरोकी तीव्र गतिमा भागेका थिए। करिब दुई किलोमिटर पछ्याएर ट्रक नियन्त्रणमा लिइएको थियो।

जाँचका क्रममा चालक बस्ने क्याबिनको माथिल्लो भागमा बनाइएको फल्स बटमभित्र लुकाइएका तीन बन्डल गाँजाजस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। साथै उनीहरूको साथबाट नेपाली रुपैयाँ, कतारी रियाल, मलेसियन रिङ्गेट, दुई थान मोबाइल, ट्रक र मोटरसाइकलको ब्लुबुकसमेत बरामद गरिएको छ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com