काठमाडौं । अविरल वर्षा, बाढी, पहिरो तथा सडक मर्मतका कारण आइतबार बिहानसम्म देशभरका ७ वटा प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ४ स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुपाल्चोक, स्याङ्जा, रुकुम पश्चिम र बझाङका विभिन्न सडक पूर्ण रूपमा बन्द छन्। भोजपुर, कास्की र रोल्पाका सडकखण्डमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ। प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझ्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com