काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ८१३ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्। उनीहरूबाट जरिवानास्वरूप ५ लाख २८ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार सबैभन्दा बढी १ हजार ११० जना चालक अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्। यस्तै, तीव्र गतिमा सवारी चलाउने ११५ जना, फुटपाथमा पार्किङ गर्ने ११७ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०५ जना, लेन अनुशासन उल्लङ्घन गर्ने १०२ जना तथा रातो बत्ती उल्लङ्घन गर्ने ११९ जना चालक कारबाहीमा परेका छन्।

त्यसैगरी, निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना, एकतर्फी सडकमा सवारी चलाउने ६५ जना र मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ९ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र ट्राफिक अनुशासन कायम गर्न नियम उल्लङ्घन गर्ने सवारीचालकमाथिको निगरानी तथा कारबाहीलाई निरन्तर कडाइ गरिने जनाएको छ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com