काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले साइबर कानुन वा अन्य कुनै कानुनी व्यवस्थाको आडमा पत्रकारिता क्षेत्रलाई त्रसित बनाउने उद्देश्य नराखेको स्पष्ट गरेका छन्।

नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

उनले सञ्चारमाध्यमहरूलाई जिम्मेवार, विश्वसनीय र मर्यादित पत्रकारिताको अभ्यासलाई अझ सुदृढ बनाउन आग्रह गर्दै साइबरसम्बन्धी विषयमा सरकारी हस्तक्षेप आवश्यक नपर्ने वातावरण निर्माण गर्न सबै पक्षले भूमिका खेल्नुपर्ने धारणा राखे।

मन्त्री विक्रम तिमिल्सिनाले पत्रकारितामाथि अनुचित हस्तक्षेपको परिणाम सकारात्मक नहुने विषयमा सरकार पूर्ण रूपमा सचेत रहेको उल्लेख गरे। पत्रकारिताको स्वतन्त्रता कुण्ठित गर्ने कुनै सोच, नीति वा उद्देश्य सरकारसँग नरहेको उनको स्पष्ट भनाइ थियो।

उनका अनुसार प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत स्तम्भ भएकाले सरकारले दुवै पक्षबीच सन्तुलन कायम गर्दै सञ्चार क्षेत्रलाई थप सबल र उत्तरदायी बनाउने दिशामा काम गरिरहेको छ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com