काठमाडौं। चीनका वाणिज्य उपमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेता यान दोङ सोमबार नेपाल भ्रमणमा आउने भएका छन्। अर्थ मन्त्रालयको निमन्त्रणामा हुन लागेको उनको भ्रमणका क्रममा नेपाल–चीन आर्थिक तथा व्यापारिक सहकार्यका विषयमा उच्चस्तरीय छलफल हुने भएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यान नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन्। परराष्ट्रमन्त्री शिशिर खनालको हालै सम्पन्न चीन भ्रमणपछि चीनबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो।

मंगलबार हुने संयुक्त समितिको बैठकमा नेपालको तर्फबाट अर्थ सचिव र चीनको तर्फबाट उपमन्त्री यानले नेतृत्व गर्ने कार्यक्रम रहेको छ। बैठकमा द्विपक्षीय व्यापार, आर्थिक तथा प्राविधिक सहयोग, कनेक्टिभिटी, सडक पूर्वाधारलगायत विषयमा विस्तृत छलफल हुने बताइएको छ।

भ्रमणका क्रममा उपमन्त्री यानले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा अन्य उच्च सरकारी अधिकारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ।

यसैबीच, सोमबार नै मासात्सुगु कान्डा पनि नेपाल भ्रमणमा आउने भएका छन्। उनको प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग भेटवार्ताको सम्भावनाबारे अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबीच समन्वय भइरहेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com