काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सीसीटीभी क्यामेरा र अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन (एएनपीआर) प्रणालीमार्फत ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकमाथिको निगरानी तीव्र बनाएको छ। प्रविधिको प्रयोग बढेसँगै पछिल्लो एक वर्षमा ३८ हजार ७७८ जना चालक कारबाहीमा परेका छन्।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार क्यामेराले चालकले सिटबेल्ट लगाए–नलगाएको, सवारी चलाउँदा मोबाइल प्रयोग गरे–नगरेको तथा धूमपान गरे–नगरेको समेत रेकर्ड गर्छ। नियम उल्लंघन पुष्टि भएपछि सम्बन्धित चालकलाई कानुनअनुसार कारबाही गरिन्छ।

तथ्यांकअनुसार २०८२ वैशाखदेखि २०८३ असार ३० गतेसम्म एएनपीआर प्रणालीबाट १५ हजार ९५४ र सीसीटीभी निगरानीमार्फत २२ हजार ८२४ जना चालक कारबाहीमा परेका छन्।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार आधुनिक प्रविधिले ट्राफिक व्यवस्थापनसँगै दुर्घटना अनुसन्धानलाई पनि प्रभावकारी बनाएको छ। दुर्घटना गराएर फरार भएका सवारीको नम्बर प्लेट, रङ र अन्य विवरण क्यामेरामा सुरक्षित रहने भएकाले सम्बन्धित सवारीधनीसम्म पुगेर आवश्यक कानुनी कारबाही गर्न सहज भएको उनले बताए।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com