काठमाडौं। धनकुटामा प्रहरीले ठूलो परिमाणको अवैध लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

महालक्ष्मी नगरपालिका-६ माङमायाबाट करिब १७५ किलो ५७० ग्राम गाँजासहित सोही नगरपालिका-४ का १७ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी लेगुवाबाट खटिएको टोलीले चानुवाबाट लेगुवातर्फ आउँदै गरेको को.२ त ४८९८ नम्बरको ट्याक्टरलाई शङ्का लागि जाँच गर्दा उक्त अवैध लागूऔषध फेला परेको थियो।

ट्याक्टरभित्र २२ वटा बोरामा लुकाई छिपाई राखिएको अवस्थामा सो परिमाणको गाँजा बरामद भएपछि ट्याक्टरमा सवार ती किशोरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रतिबन्धित गाँजा र ट्याक्टरसहित पक्राउ परेका उनीमाथि प्रहरीले अहिले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com