काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट बर्खास्त गरेको छ।

नार्कका अध्यक्ष तथा कृषि मन्त्री गीता चौधरीको सचिवालयका अनुसार कार्यालयमा उपस्थित नभई पदीय जिम्मेवारी पूरा नगरेका कर्मचारीलाई कर्मचारी प्रशासन विनियमावली, २०६२ अनुसार कारबाही गरिएको हो।

बर्खास्त हुनेमा कृषि अनुसन्धान निर्देशनालय, तरहरा (सुनसरी) का प्राविधिक अधिकृत पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटार (ललितपुर) की वैज्ञानिक नमिता भट्टराई रहेका छन्।

परिषद्ले उनीहरूलाई घरमा पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिकमार्फत सात दिनभित्र सम्पर्कमा आउन सूचना प्रकाशित गरेको थियो। तर, तोकिएको अवधिमा कुनै सम्पर्क वा प्रतिक्रिया नआएपछि कार्यकारी समितिको निर्णयअनुसार अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट बर्खास्त गरिएको जनाएको छ।

मन्त्री चौधरीले सरकारले अघि सारेको सुशासन र जनमुखी सेवा प्रवाहको नीतिअनुसार जिम्मेवारी पूरा नगर्ने कर्मचारीमाथि कारबाहीलाई निरन्तरता दिइने बताएकी छन्।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com