काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि नेपाली राष्ट्रिय टोलीका विकेटकिपर ब्याटर आसिफ शेख लुम्बिनी लायन्समा आबद्ध भएका छन्।
आसिफका लागि चितवन राइनोज बाहेकका सातै फ्रेन्चाइजले अधिकतम २० लाख रुपैयाँमा बोली लगाएपछि लक्की ड्रमार्फत उनी लुम्बिनी लायन्समा अनुबन्ध भएका हुन्। यसअघि जनकपुर बोल्ट्सका मार्की खेलाडी रहेका आसिफ अब नयाँ सिजनमा लुम्बिनी लायन्सको जर्सीमा मैदान उत्रिनेछन्।
प्रकाशित मिति: २२ असार २०८३, सोमबार













प्रतिक्रिया