काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँ घटेको हो ।
यससँगै सुनकाे मुल्य ताेलामा दुई लाख ८८ हजार रुपैयाँ कायम भएकाे नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार चाँदी प्रतितोला चार हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: २३ असार २०८३, मंगलबार













प्रतिक्रिया