काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्रीलाई नियुक्त गरेको छ।
प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। नवनियुक्त उपाध्यक्ष खत्रीलाई मंगलबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।
आयोगमा उपाध्यक्ष पद लामो समयदेखि रिक्त रहेपछि अर्को व्यवस्था नभएसम्म पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।
यसअघि सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश जारी गरेपछि तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झासहित आयोगका केही पदाधिकारी पदमुक्त भएका थिए। त्यसयता रिक्त रहेको उपाध्यक्ष पदमा सरकारले डा. खत्रीलाई नियुक्त गरेको हो।
प्रकाशित मिति: २३ असार २०८३, मंगलबार













प्रतिक्रिया