म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका–७ फेदीखोलामा एक जीप पल्टिएर अर्को जीपमाथि खस्दा ९ जना घाइते भएका छन्।

प्रहरीका अनुसार मंगलबार दिउँसो करिब ३ बजे ताकमबाट दरबाङतर्फ जाँदै गरेको बा ७७९५ नम्बरको बोलेरो जीप घुम्तीमा अनियन्त्रित भई सडकबाट पल्टिएको थियो। सोही क्रममा अगाडिबाट आइरहेको ग ३ च ३३१४ नम्बरको यात्रुबाहक जीपमाथि बोलेरो खसेपछि दुर्घटना भएको हो।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी दरबाङ आधारभूत अस्पतालमा उपचारका लागि पठाएको छ।

दुर्घटनामा यात्रुबाहक जीपका चालक पर्वतको जलजला गाउँपालिका–८ निवासी अनिल नेपाली गम्भीर घाइते भएका छन्। बोलेरो चालक ध्रुव पुनसहित रबिना सिर्पाली, सुनबिर रसाइली, ख्याउटी रसाइली, धना कुमारी सुनार, दलबहादुर सुनार र कल्पना सुनार मध्यम घाइते भएका छन्। यस्तै, रोल्पाका भिमसेन पुन सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

दुवै सवारीसाधनमा गरी १० जना सवार रहेकोमा एक जना यात्रु भने सकुशल रहेका छन्। दुर्घटनामा संलग्न दुवै जीप घटनास्थलमै रहेको र घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com