काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँ घटेर दुई लाख ८७ रुपैयाँमा झरेको हो ।
अघिल्लो दिन दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चार हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार












प्रतिक्रिया