काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको नयाँ मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रूपमा कार्यरत कार्कीले वर्तमान मुख्य सचिव सुमनराज अर्यालको स्थान लिनेछन्। अर्याल असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाने भएकाले सरकारले नयाँ मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारको प्रशासनिक नेतृत्व सम्हाल्ने जिम्मेवारी अब कार्कीले सम्हाल्नेछन्।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com