काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धानका लागि पौडेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले असार ८ गते सुर्खेतबाट पक्राउ गरेका पौडेलमाथि हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेको छ।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार












प्रतिक्रिया