काठमाडौं । विद्युत् पोल मर्मत गर्ने क्रममा करेन्ट लाग्दा नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ।

उदयपुरको बेलका नगरपालिका–९, रामपुर बजार क्षेत्रमा भएको दुर्घटनामा प्राधिकरणका ४० वर्षीय करार सेवाका कर्मचारी मिलन चामलिङको ज्यान गएको हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार चामलिङ विद्युत् पोलमा मर्मत कार्य गरिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com