काठमाडौं । विश्वकप २०२६ को अन्तिम १६ मा अर्जेन्टिनासँग ३–२ ले पराजित भएपछि इजिप्ट फुटबल संघ (इएफए) ले खेलका रेफ्री र भिडियो सहायक रेफ्री (भिएआर) टोलीविरुद्ध फिफामा औपचारिक उजुरी दर्ता गरेको छ।

इएफएका अध्यक्ष हानी अबु रिदाले फ्रान्सेली रेफ्री फ्राँस्वा लेटेक्सिएरले खेलमा दोहोरो मापदण्ड अपनाएको आरोप लगाउँदै घटनाको छानबिन र सम्पूर्ण अफिसियटिङ टोलीलाई प्रतियोगिताबाट हटाउन माग गरेका छन्।

इजिप्टले दोस्रो हाफमा गरेको गोल भिएआरमार्फत रद्द गरिएको तथा इन्जुरी समयमा मोहम्मद सलाहमाथि भएको भनिएको पेनाल्टी फाउलको समीक्षा नगरेको भन्दै आपत्ति जनाएको छ। संघका अनुसार यी निर्णयहरूले खेलको नतिजामा प्रत्यक्ष असर पारेको थियो।

मुख्य प्रशिक्षक होसाम हसनले पनि टोलीमाथि अन्याय भएको दाबी गर्दै विश्व च्याम्पियन अर्जेन्टिना र लियोनेल मेस्सीलाई प्रतियोगितामा अघि बढाउन खोजिएको आरोप लगाए। फरवार्ड मोस्तफा जिकोले समेत रेफ्रीको निर्णयको कडा आलोचना गर्दै खेल मिलाइएको जस्तो देखिएको टिप्पणी गरेका छन्।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com