काठमाडौं । साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आरती रावललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार रावलमाथि सामाजिक सञ्जालमार्फत एक महिलालाई गालीगलौज गरेको आरोप छ। अदालतबाट म्याद लिएर उनीमाथि थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
आरती रावल निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी हुन्। उनले यसअघि भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी थिइन्, जसमा गिरीले अदालतबाट सफाइ पाएका थिए।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार












प्रतिक्रिया