मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज लक्ष्य प्राप्तिका लागि थप मेहनत र सक्रियता आवश्यक पर्नेछ। भावनामा बहेर निर्णय गर्दा समस्या आउन सक्छ, त्यसैले संयमित रहनु उपयुक्त हुनेछ। जिम्मेवारीपूर्ण कामबाट आर्थिक लाभ मिल्ने सम्भावना छ, तर प्रतिष्ठामा असर नपर्ने गरी अघि बढ्नु राम्रो हुनेछ। आवश्यक काममा बचत खर्चिनुपर्ने अवस्था आउन सक्छ। दाम्पत्य तथा प्रेम सम्बन्धमा एकअर्काको भावना बुझ्दा सम्बन्ध सुदृढ हुनेछ। मनोरञ्जनका क्रममा सामान्य विवाद हुन सक्ने भएकाले सावधानी अपनाउनुहोस्।
शुभ अंक: ३ | शुभ रङ: सेतो | शुभ दिशा: उत्तर
शुभ मन्त्र: ‘ॐ नमः पशुपतये’ २१ पटक जप गर्नु लाभदायी हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिवार, आफन्त र साथीभाइबाट राम्रो सहयोग प्राप्त हुनेछ। सानो प्रयासले पनि उल्लेखनीय सफलता दिलाउन सक्छ। दीर्घकालीन लगानीका लागि समय अनुकूल छ। जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दा प्रशंसा र सम्मान मिल्नेछ। विदेशमा रहेका आफन्त वा पुराना साथीहरूसँग पुनः सम्पर्क हुने सम्भावना छ। महत्त्वपूर्ण निर्णय लिन आजको दिन शुभ मानिन्छ।
शुभ अंक: २ | शुभ रङ: सेतो वा घिउरङ | शुभ दिशा: पश्चिम
शुभ मन्त्र: ‘ॐ चं चन्द्रमसे नमः’ ११ पटक जप गर्नुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आत्मविश्वास र उत्साह बढ्नेछ। अध्ययन, अनुसन्धान तथा प्रविधि क्षेत्रमा संलग्न व्यक्तिहरूले विशेष उपलब्धि हासिल गर्न सक्छन्। आफ्नो क्षमता देखाउने अवसर प्राप्त हुनेछ, जसले प्रतिष्ठा बढाउनेछ। मेहनतको उचित प्रतिफल मिल्ने भएकाले आलस्य नगर्नुहोस्। प्रतिस्पर्धीसमेत सहयोगी बन्न सक्छन्।
शुभ अंक: १ | शुभ रङ: सेतो वा घिउरङ | शुभ दिशा: दक्षिण
शुभ मन्त्र: ‘ॐ शशिशेखराय नमः’ २१ पटक जप गर्नुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यमा सुधार आउने र मन प्रसन्न रहनेछ। प्रियजनसँग भेटघाट वा आत्मीय संवादको अवसर मिल्न सक्छ। सामाजिक तथा सेवामूलक गतिविधिमा सक्रियता बढ्नेछ। धार्मिक तथा आध्यात्मिक विषयमा रुचि जाग्नेछ। सञ्चार, विज्ञापन, व्यापार र मार्केटिङ क्षेत्रमा राम्रो सफलता मिल्ने सम्भावना छ।
शुभ अंक: ९ | शुभ रङ: पहेँलो वा सुन्तले | शुभ दिशा: पूर्व
शुभ मन्त्र: ‘ॐ सों सोमाय नमः’ ११ पटक जप गर्नु शुभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यमा सामान्य कमजोरी देखिए पनि जिम्मेवारीका कारण व्यस्त रहनुपर्नेछ। आराम र खानपानमा ध्यान दिनु आवश्यक छ। कठिन समस्या समाधान गर्न गरिएको प्रयास सफल हुनेछ। आर्थिक दबाब महसुस हुन सक्छ र लगानीको प्रतिफल ढिलो आउन सक्छ। जोखिमपूर्ण निर्णय गर्दा विशेष सावधानी अपनाउनुहोस्।
शुभ अंक: ८ | शुभ रङ: सेतो वा पहेँलो | शुभ दिशा: उत्तर
शुभ मन्त्र: ‘ॐ मृत्युञ्जयाय नमः’ २१ पटक जप गर्नुहोस्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भावनामा बग्दा महत्त्वपूर्ण काम प्रभावित हुन सक्छ, त्यसैले लक्ष्यमा केन्द्रित रहनुहोस्। व्यक्तित्वमा आकर्षण बढ्नेछ र नयाँ सम्बन्ध विस्तार हुनेछ। प्रेम सम्बन्धमा मधुरता आउनेछ भने कार्यालय वा व्यवसायमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। परिवारलाई पनि पर्याप्त समय दिनु आवश्यक छ।
शुभ अंक: ७ | शुभ रङ: रातो | शुभ दिशा: पश्चिम
शुभ मन्त्र: ‘ॐ साम्बसदाशिवाय नमः’ २१ पटक जप गर्नुहोस्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनुभवी व्यक्तिसँगको भेटघाटले नयाँ अवसर प्रदान गर्नेछ। प्रशासन, राजनीति, न्याय तथा व्यवस्थापन क्षेत्रमा सकारात्मक प्रगति हुनेछ। परिवारमा खुसीको वातावरण रहनेछ भने दाम्पत्य सम्बन्ध अझ सुमधुर बन्नेछ। भाग्यले पूर्ण साथ दिनेछ।
शुभ अंक: ६ | शुभ रङ: सेतो | शुभ दिशा: दक्षिण
शुभ मन्त्र: ‘ॐ अश्विनीकुमाराभ्यां नमः’ २१ पटक जप गर्नुहोस्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आत्मविश्वास र साहस बढ्नेछ। ज्ञान, सीप र अनुभवको सही उपयोगले उल्लेखनीय सफलता मिल्नेछ। अध्ययन तथा तालिमका अवसर प्राप्त हुनेछन्। सन्तान तथा सहकर्मीबाट सहयोग मिल्नेछ। योजनाहरू कार्यान्वयन गर्न समय अनुकूल छ।
शुभ अंक: ५ | शुभ रङ: सेतो | शुभ दिशा: पूर्व
शुभ मन्त्र: ‘ॐ ऐं सरस्वत्यै नमः’ ११ पटक जप गर्नुहोस्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक जिम्मेवारी बढे पनि आफ्नो काम समयमै सम्पन्न हुनेछ। अनावश्यक शंकाले सम्बन्धमा दूरी ल्याउन सक्छ, त्यसैले खुला संवाद गर्नु उपयुक्त हुनेछ। आमाको स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। भाग्यभन्दा मेहनतमा विश्वास गर्दा सफलता मिल्नेछ।
शुभ अंक: ४ | शुभ रङ: घिउरङ | शुभ दिशा: उत्तर
शुभ मन्त्र: ‘ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः’ ११ पटक जप गर्नुहोस्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार, सेवा, ढुवानी र निर्माण क्षेत्रमा सकारात्मक प्रगति हुनेछ। पुराना साथीभाइसँग भेटघाटले नयाँ अवसर दिलाउन सक्छ। दाम्पत्य जीवन सुखद रहनेछ र लामो समयदेखिको इच्छा पूरा हुने संकेत देखिन्छ।
शुभ अंक: ३ | शुभ रङ: गुलाबी वा सिन्दुरे | शुभ दिशा: पश्चिम
शुभ मन्त्र: ‘ॐ भालचन्द्राय नमः’ २१ पटक जप गर्नुहोस्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक अवस्था सुधार गर्ने अवसर प्राप्त हुनेछ। रोकिएको रकम प्राप्त हुने वा पुराना हिसाब मिल्ने सम्भावना छ। अध्ययन तथा बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। बोली र व्यवहारमा संयम अपनाउँदा सम्बन्ध अझ सुदृढ हुनेछ।
शुभ अंक: २ | शुभ रङ: घिउरङ | शुभ दिशा: दक्षिण
शुभ मन्त्र: ‘ॐ सुधाकराय नमः’ ११ पटक जप गर्नुहोस्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चुनौतीपूर्ण परिस्थितिलाई धैर्यका साथ सामना गर्न सकिनेछ। पेसा तथा व्यवसायमा उन्नतिको प्रयास सफल हुने संकेत छ। मन शान्त रहनेछ र सकारात्मक सोच बढ्नेछ। जीवनसाथी वा प्रियजनसँग आत्मीय समय बिताउने अवसर मिल्नेछ। भविष्यका योजना बनाउन पनि समय अनुकूल छ।
शुभ अंक: १ | शुभ रङ: पहेँलो वा सुन्तले | शुभ दिशा: पूर्व
शुभ मन्त्र: ‘ॐ देवगुरुभ्यो नमः’ १९ पटक जप गर्नु लाभदायी हुनेछ।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार













प्रतिक्रिया