काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभाको नियमावली कार्यान्वयनमा दोहोरो मापदण्डअपनाइएको आरोप लगाउँदै सभामुखसँग स्पष्ट जवाफ मागेको छ। विपक्षी सांसदमाथि मात्र नियमावली लागू हुने तर सत्तापक्षलाई उन्मुक्ति दिने प्रवृत्ति स्वीकार्य नहुने एमालेको भनाइ छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै एमाले सांसद एसुदाकुमारी बरालले नियमावली सबै सांसदका लागि समान रूपमा लागू हुनुपर्ने बताइन्। यदि सत्तापक्षले पनि नियमावली उल्लङ्घन गरेको अवस्थामा कारबाही हुनुपर्ने, अन्यथा नियमावली विपक्षीका लागि मात्र हो भनेर स्पष्ट पार्न सभामुखसँग आग्रह गरिन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको ‘नेपालले भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति अझै संसदीय अभिलेखबाट नहटाइएको र त्यसबारे प्रधानमन्त्रीले क्षमायाचनासमेत नगरेको विषय पुनः उठाइन्।
सांसद बरालले संसद्को मर्यादा र नियमावलीको सम्मान सबैले समान रूपमा गर्नुपर्ने उल्लेख गर्दै कानुन र संसदीय व्यवस्था कुनै पक्ष विशेषका लागि होइन, सबैका लागि समान रूपमा लागू हुनुपर्ने धारणा व्यक्त गरिन्।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार











प्रतिक्रिया