काठमाडौं । काठमाडौंको धोबीखोलामा एक महिलाले हाम फालेपछि उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा करिब ३५ वर्षीया एक महिलाले खोलामा हाम फालेकी हुन्।
प्रहरीका अनुसार ती महिलाले सेतो टिसर्ट लगाएकी थिइन् भने कम्मरमा गुलाबी (पिंक) रङको ज्याकेट बाँधेकी थिइन्। घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार अभियान थालेको छ।
हालसम्म महिलाको अवस्था खुलेको छैन। प्रहरीले धोबीखोला आसपासका क्षेत्रमा खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार













प्रतिक्रिया