काठमाडौं । फेसबुक ह्याक गरी पीडितकै नामबाट आफन्त तथा साथीभाइसँग रकम मागेर ठगी गरेको आरोपमा प्रहरीले १९ वर्षीय विवेक सुनारलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार नुवाकोटको लिखु गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं–१६ बालाजु बस्दै आएका सुनारले फेसबुक खातामा अनधिकृत पहुँच पुर्याई पीडितको पहिचान प्रयोग गर्दै रकम ठगी गर्ने गरेको उजुरीपछि उनलाई असार २४ गते पक्राउ गरिएको हो।
उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार













प्रतिक्रिया