काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको मृत्युको घटनामा आफूले ‘स्टन्ट’ गरेको भन्दै सांसदहरूले लगाएको आरोपको प्रतिवाद गरेका छन्। उनले जनताको सेवा भाषणबाट होइन, प्रत्यक्ष कामबाट हुने भन्दै आलोचना गर्ने सांसदहरूलाई नै प्रश्न गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री गुरुङले गणेश नेपालीको उपचारका क्रममा आफू अस्पताल पुगेको स्मरण गराउँदै सांसदहरूलाई प्रश्न गरे, ‘हिजो अस्पतालमा तपाईंहरू कति जना पुग्नुभएको थियो ? अहिले जति धेरै कराउनुभएको छ, त्यतिबेला कति जना त्यहाँ हुनुहुन्थ्यो ?’

उनले केवल सदनमा चर्को आवाज उठाउँदैमा जनताको सेवा नहुने उल्लेख गर्दै सेवा गर्न सम्बन्धित ठाउँमै पुगेर काम गर्नुपर्ने बताए।

‘जनताको सेवा गर्छु भनेर मुखले मात्रै बोलेर हुँदैन। काम फिल्डमै गएर गर्नुपर्छ,’ उनले भने।

गृहमन्त्री गुरुङले आफू कुनै प्रचार वा स्टन्टका लागि राजनीतिमा नआएको स्पष्ट पार्दै देश र नागरिकको सेवा नै आफ्नो प्राथमिकता रहेको बताए।

‘मलाई स्टन्टबाजी गर्ने कुनै इच्छा छैन। म देशको सेवा गर्न आएको हुँ,’ उनले भने।

उनले गणेश नेपालीको जीवन बचाउन सरकारले उपलब्ध सबै संयन्त्र परिचालन गरेर आवश्यक पहल गरेको दाबी गर्दै उपचारका लागि हरसम्भव प्रयास गरिए पनि अन्ततः उनलाई बचाउन नसकिएको बताए।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com