काठमाडौं । सर्वोच्च अदालतमा नयाँ आर्थिक वर्षका लागि लगत सार्ने कार्यका कारण साउन १ गतेदेखि १० गतेसम्म नियमित सुनुवाइ स्थगित हुने भएको छ। नियमित सुनुवाइ भने साउन ११ गतेदेखि पुनः सञ्चालन हुनेछ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार यस अवधिमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनको दर्ता र सुनुवाइ भने यथावत् जारी रहनेछ।
हरेक नयाँ आर्थिक वर्षमा लगत सार्ने कार्यका लागि नियमित सुनुवाइ केही समय रोक्ने अभ्यास रहँदै आएको छ। यसअघि यस्तो व्यवस्था दुई सातासम्म लागू हुने गरेको थियो।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार











प्रतिक्रिया