काठमाडौ । रुपन्देही प्रहरीले बैंकिङ कसुर मुद्दामा एक महिलालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलले सैनामैना नगरपालिका निवासी तथा हाल बुटवल उपमहानगरपालिका–दीपनगर बस्दै आएकी पार्वती पन्त पौडेललाई शुक्रबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार पौडेलले सम्राट चन्दलाई ११ लाख रुपैयाँको चेक दिएपछि उक्त चेक हराएको भन्दै बैंकमा भुक्तानी रोक्न निवेदन दिएकी थिइन्। सोही घटनासम्बन्धी बैंकिङ कसुर मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थम्मन जिसीका अनुसार पक्राउ परेकी पौडेललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्ण चन्दले उनलाई भैरहवा ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com