काठमाडौं । जेन–जी अभियानका अगुवा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रदीप ज्ञवालीले गणेश नेपालीको मृत्युलाई आत्महत्या नभई राज्यको असफलताबाट भएको घटना भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेपाल सरकार र न्यायिक–प्रशासनिक प्रणालीको कमजोरीका कारण गणेश नेपालीको ज्यान गएको दाबी गरे। उनले घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।

ज्ञवालीले प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिकामाथि पनि प्रश्न उठाउँदै हिटलरसहितका शासकहरूको उदाहरण दिएका छन्। राज्य जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उनले सरकार जनताको सेवकका रूपमा काम गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

उनले जनताको भावनाको सम्मान गर्दै शासन सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com