काठमाडौँ । गणेश नेपालीको आत्मदाह प्रकरणमा सोधपुछका लागि नियन्त्रणमा लिइएका तीन जना काठमाडौँ महानगर प्रहरीलाई शुक्रबार सोधपुछपछि रिहा गरिएको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकलमा ‘ह्वील लक’ लगाएको विषयमा विवाद भएपछि आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि विवादमा संलग्न दुई महिला र एक पुरुष महानगर प्रहरीसँग अनुसन्धान अधिकृतहरूले दिनभर सोधपुछ गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घटनास्थलमा रहेका मिना नगरकोटी, मिना तामाङ र एक पुरुष महानगर प्रहरी कर्मचारीसँग बयान लिएर रिहा गरिएको हो। एसपी पवन भट्टराईले आवश्यक परे पुनः सोधपुछका लागि बोलाइने बताएका छन्।

प्रहरीका अनुसार गणेशले निषेधित क्षेत्रमा पार्किङ गरिएको भन्दै आफ्नो मोटरसाइकलमा मात्र ‘ह्वील लक’ लगाइएको भन्दै महानगर प्रहरीसँग विवाद गरेका थिए। उक्त घटनाबारे प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com