मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आफ्नो लक्ष्य हासिल गर्न कडा परिश्रम गर्नुपर्ने दिन छ। दाम्पत्य जीवनमा एकअर्काको भावना बुझ्न नसक्दा केही असन्तुष्टि हुन सक्छ, तर परिवारका ज्येष्ठ सदस्यको साथ, सल्लाह र आशीर्वादले मनोबल बढाउनेछ। मेहनतले भविष्यलाई बलियो बनाउने संकेत छ भने करियर र व्यवसायप्रति रुचि पनि बढ्नेछ। उच्च शिक्षामा रहेका विद्यार्थीले भविष्यको योजना बनाउन उपयोगी जानकारी प्राप्त गर्न सक्छन्। जिम्मेवारी थपिने भएकाले गुरु, अभिभावक वा वरिष्ठको मार्गदर्शन महत्त्वपूर्ण हुनेछ। सेवामूलक कार्यमा पनि समय खर्चिनुपर्ने देखिन्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज अचानक परिस्थितिले तपाईंको पक्षमा मोड लिन सक्छ। नयाँ जिम्मेवारी प्राप्त हुने तथा वैकल्पिक आम्दानीका अवसर खुल्ने सम्भावना छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ भने विशेष भेटघाटले मन प्रसन्न रहनेछ। केहीका लागि विवाहको योजना अघि बढाउने समय पनि हुन सक्छ। अध्ययन, अनुसन्धान तथा बौद्धिक गतिविधिमा रुचि बढ्नेछ। शुभ समाचारले दिन उत्साहपूर्ण बनाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ लगानी वा ठूलो आर्थिक निर्णयका लागि आज उपयुक्त समय होइन। व्यापार वा काममा देखिएका साना समस्या समयमै समाधान गर्नु राम्रो हुन्छ, अन्यथा दीर्घकालीन असर पर्न सक्छ। मनमा चिन्ता र अन्योल बढ्न सक्ने भएकाले आध्यात्मिक गतिविधि वा एकान्तले राहत दिनेछ। विद्यार्थीले मनोरञ्जनभन्दा पढाइमा ध्यान केन्द्रित गर्नु आवश्यक छ। सानो लापरबाहीले भविष्यमा असर पार्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सरल र सकारात्मक व्यवहारले आज सफलता दिलाउनेछ। मन उत्साहित रहने भएकाले महत्त्वपूर्ण निर्णय लिन हिच्किचाउनु पर्दैन। व्यावसायिक उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन्। परिवार, जीवनसाथी र प्रेम सम्बन्धका लागि पनि समय छुट्याउनुपर्ने देखिन्छ। घुमफिर वा रमाइलो वातावरणले मन प्रफुल्लित बनाउनेछ। अविवाहितका लागि नयाँ सम्बन्धको संकेत छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जीवनसाथी वा प्रियजनसँग आत्मीय संवाद हुने दिन छ। आम्दानीका नयाँ स्रोत खुल्न सक्नेछन्। स्वास्थ्य, खेलकुद, सौन्दर्य तथा उपहारसम्बन्धी व्यवसायमा लाभ मिल्ने सम्भावना छ। साझेदार वा साथीको व्यवहारले केही असन्तुष्टि हुन सक्छ। घमण्ड र जिद्दी त्यागेमा बहस तथा प्रतिस्पर्धामा सफलता हात पर्नेछ। अनावश्यक विवादबाट भने टाढा रहनु बुद्धिमानी हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानो प्रयासले पनि उल्लेखनीय उपलब्धि दिलाउन सक्छ। बुद्धि, सीप र अनुभवको सही प्रयोग गर्दा व्यवसायले गति लिनेछ। रोकिएका काम पुनः अघि बढ्नेछन्। प्रेम सम्बन्धमा मधुरता आउनेछ भने परिवारबाट खुसीको समाचार प्राप्त हुन सक्छ। विद्यार्थीका लागि अध्ययनमा सफलता मिल्ने सम्भावना छ। वरिष्ठ र गुरुजनको सहयोगले आत्मविश्वास बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यालयको काम सहज रूपमा सम्पन्न हुनेछ। परिवार र आफन्तको भावना बुझेर अघि बढेमा सम्बन्ध अझ बलियो बन्नेछ। गोप्य विषयमा अनावश्यक चर्चा नगर्नु राम्रो हुन्छ, किनकि आलोचक सक्रिय रहन सक्छन्। अध्ययन, ज्ञान वृद्धि तथा सन्तान वा भाइबहिनीको प्रगतिप्रति ध्यान दिन उपयुक्त दिन हो।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरपरिवारमा खुसीको वातावरण बन्नेछ। परिवारका सदस्यको सफलता वा शुभ समाचारले मन प्रसन्न हुनेछ। आफन्तसँग भेटघाट तथा भोजभतेरमा सहभागी बन्ने अवसर मिल्न सक्छ। खेलकुद, स्वास्थ्य तथा शारीरिक तन्दुरुस्तीप्रति आकर्षण बढ्नेछ। मित्र र शुभचिन्तकको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। प्रतिष्ठा र व्यवसायिक उन्नतिको सम्भावना बलियो छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रचनात्मक सोच, कला, सञ्चार र मनोरञ्जनका क्षेत्रमा सफलता मिल्ने दिन हो। आफ्ना विचार स्पष्ट रूपमा राख्न सके प्रतिष्ठा बढ्नेछ। आर्थिक अवस्था सुदृढ रहनेछ र आम्दानीका स्रोत विस्तार हुन सक्छन्। कार्यक्षेत्रमा तपाईंको काम र बोलीको प्रशंसा हुनेछ। परिवारमा पनि खुसीको वातावरण रहनेछ। उपहार, सम्मान वा आर्थिक लाभ प्राप्त हुने योग छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याए प्रेम सम्बन्ध पनि अझ सुदृढ बन्न सक्छ। आम्दानीको अवस्था राम्रो भए पनि बोली र व्यवहारमा संयमता आवश्यक छ। नयाँ योजना, व्यवस्थापन तथा आर्थिक हिसाबकिताबमा ध्यान दिनुपर्ने दिन हो।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सम्बन्धमा पारदर्शिता र इमानदारी कायम राख्नु आवश्यक छ। साना विषय लुकाउँदा विश्वासमा कमी आउन सक्छ। प्रियजनसँगको भेटघाटले मनमा शान्ति र खुसी छाउनेछ। आश गरेको धन वा वस्तु प्राप्त हुन सक्छ। काममा आफ्नै प्रयास बढी प्रभावकारी हुनेछ, किनकि सहयोगीबाट अपेक्षित साथ नपाउने सम्भावना छ। व्यापारमा सतर्कता अपनाउनु उचित हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज लक्ष्य प्राप्तिका लागि गरेको मेहनतले राम्रो प्रतिफल दिनेछ। विदेश जाने योजना बनाइरहनुभएको छ भने तयारी सुरु गर्न अनुकूल समय छ। सहकर्मी वा साथीको व्यवहारले केही चिन्ता बढ्न सक्छ, तर आफ्नै क्षमता र प्रतिभाका कारण अवसर प्राप्त हुनेछ। शुभचिन्तकको सहयोगले व्यक्तित्व विकास र करियर उन्नतिमा नयाँ ढोका खुल्नेछ। आत्मविश्वासका साथ अघि बढे उल्लेखनीय सफलता मिल्नेछ।
- (द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )
प्रकाशित मिति: २७ असार २०८३, शनिबार












प्रतिक्रिया