सांकेतिक तस्विर


काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राउतले आफ्नै घरको भान्सा कोठामा आत्मदाहको प्रयास गरेका थिए। घटनालगत्तै प्रहरी टोलीले उनलाई उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो।

गम्भीर अवस्थामा रहेका राउतको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो। तर उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो, जसका कारण उनको अवस्था अत्यन्त गम्भीर बनेको थियो।

राउत बुद्धनगरमा श्रीमती र छोरासँग बस्दै आएका थिए। उनले आत्मदाहको प्रयास किन गरे भन्ने कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com