काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकार जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै तीव्र आलोचना गरेका छन्। उनले करिब दुईतिहाइ बहुमतको सरकारबाट नागरिकले सामाजिक तथा आर्थिक रूपान्तरणको ठूलो अपेक्षा गरे पनि सरकारले जनतामा विश्वास र आशा जगाउन नसकेको बताएका हुन्।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै घिसिङले विशेषगरी गरिब, विपन्न र निमुखा नागरिकमा निराशा बढ्दै गएको उल्लेख गरे। उनले मुगुका गणेश नेपालीको आत्मदाहलाई लामो समयदेखिको मानसिक पीडा र राज्य प्रणालीको असफलताको संकेतका रूपमा व्याख्या गरे।
घिसिङले अहिले राज्य संयन्त्र र व्यक्तिगत दुवै तहमा नागरिकप्रतिको उत्तरदायित्व कमजोर बन्दै गएको टिप्पणी गर्दै जनमुखी शासनको आवश्यकता औंल्याए।
उनले उज्यालो नेपाल पार्टीले आर्थिक असमानता घटाउने लक्ष्यसहित वैकल्पिक विकास मोडल अघि सारेको जानकारी दिए। उक्त मोडलको केन्द्रमा ‘हरित क्रान्ति’ रहेको उल्लेख गर्दै जलविद्युत्, कृषि र पर्यटन क्षेत्रको प्रभावकारी उपयोगमार्फत देशको आर्थिक रूपान्तरण सम्भव रहेको उनको भनाइ थियो।
प्रकाशित मिति: २७ असार २०८३, शनिबार












प्रतिक्रिया