काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा माओवादीका पूर्वलडाकु कमाण्डर लहानुराम चौधरी पक्राउ परेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौं बस्दै आएका ४६ वर्षीय चौधरीलाई शनिबार थानकोटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका एसपी शरद थापाका अनुसार चौधरीविरुद्ध वैदेशिक रोजगार विभागबाट पक्राउ अनुमति जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार उनले विदेश पठाइदिने भन्दै सर्वसाधारणबाट रकम असुलेको आरोप लागेको छ। पक्राउ परेका चौधरीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com