काठमाडौं । स्विट्जरल्याण्डलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

खेल अतिरिक्त समयमा थप गोल गर्दै स्विट्जरल्याण्डविरुद्ध ३-१ गोलले अर्जेन्टिना विजयी भएको हो।

खेल अतिरिक्त समयमा धकेलिएपछि गोल फर्काउँदै स्विट्जरल्याण्डविरुद्ध अर्जेन्टिना ३-१ गोलले अगाडि रहेको थियो। खेलको १२०’+१ मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाका लागि फराकिलो जित दिलाएका हुन्।

यस्तै, ११२ औं मिनेटमा जुलियन अल्भारेज गोल गरेपछि स्विट्जरल्याण्डविरुद्ध अर्जेन्टिना २-१ गोलले अगाडि रहेको थियो।

त्यसअघि, अर्जेन्टिनाविरुद्ध स्विट्जरल्याण्डले गोल फर्काएपछि खेल बराबरी गोलमा टुंगिएको थियो। त्यसपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो।

सुरुवाती अग्रता लिँदै खेलिरहेको अर्जेन्टिनाविरुद्ध स्विट्जरल्याण्डले गोल फर्काएर खेललाई बराबरीमा ल्याएको थियो। खेलको ६७औं मिनेटमा डान एनडोयेले स्विट्जरल्याण्डका लागि गोल फर्काएका थिए।

यसअघि, खेलको १० औं मसिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।

यस्तै, खेलको ७२ औं मसिनेटमा ब्रेल एम्बोलोले रेड कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।

प्रकाशित मिति: २८ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com